चर्चा पारिश्रमिकको

- साप्ताहिक संवाददाता

मंसिर २१, २०७४-

नेपाली चलचित्रमा यतिबेला महँगो पारिश्रमिक लिने अभिनेता–अभिनेत्रीको चर्चा चुलिएको छ । अभिनेता अनमोल केसीले चलचित्र कृका लागि झन्डै २२ लाख रुपैयाँ लिएको चर्चा सेलाउन नपाउँदै केही निर्माता–निर्देशकले अनमोललाई नै नयाँ चलचित्रका लागि झन्डै ५० लाख रुपैयाँ प्रस्ताव गरेको प्रसंग चर्चामा छ । 

अनमोललाई कृका निर्देशक सुरेन्द्र पौडेल, चलचित्र वितरक मनोज राठी, निर्देशक सिमोस सुनुवार तथा छविराज ओझाका छोरा साकार ओझाले आफ्ना अलग–अलग चलचित्रका लागि ५० लाख रुपैयाँ पारिश्रमिकमा प्रस्ताव गरेको स्वीकार गरिसकेका छन् । यद्यपि अनमोलले तीमध्ये कुनै पनि प्रस्ताव स्वीकार गरिसकेका छैनन् । 

अभिनेता प्रदीप खड्काले पनि झन्डै २० लाख रुपैयाँ पारिश्रमिक लिएर चलचित्र लिलिबिलीमा अभिनय गरिरहेका छन् । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई भने अभिनेता तथा निर्माता आर्यन सिग्देलले चलचित्र कायराका लागि १० लाख रुपैयाँ पारिश्रमिक दिएको चर्चा चलिरहेको छ ।

नेपाली चलचित्रहरू व्यवसायिक रूपमा सफल भैरहँदा अभिनेताले २० लाख तथा अभिनेत्रीले १० लाख रुपैयाँ पारिश्रमिक पाउनुलाई सुखद पक्षका रूपमा हेर्न थालिएको छ । 

प्रकाशित :मंसिर २१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्