बेनिशा हमालबाट सौगात मल्ल
मंसिर २०, २०७४
अभिनेत्री बेनिशा हमाल र सौगात मल्लले दम्पती भै अभिनय गरेको चलचित्र झ्यानाकुटीलाई दर्शकले रुचाइरहेका छन् । निर्मात्री तथा अभिनेत्री निशा अधिकारीले सौगात र बेनिशाबीच औपचारिक परिचय मात्र गराइनन्, सँगै चलचित्रमा पनि खेलाइन् ।
त्यसपछिका दिनहरूमा बेनिशा र सौगातबीच कलाकार एवं सहयोगीको मित्रता छ । छायांकन गर्ने क्रममा झन्डै एक महिना यी दुवै धम्पुस क्षेत्रमा बसे । त्यही बेला बेनिशाले आफ्ना सहकलाकार सौगातलाई नजिकबाट नियाल्न पाइन् । त्यही आधारमा उनले सौगातका बारेमा साप्ताहिकसँग यसरी कुरा काटेकी छिन् :
असल बाइट्स
काममा सहयोगी : सह–कलाकारको काम राम्रो भए मात्र आफ्नो काम राम्रो हुन्छ भन्ने भावना भएको सहयोगी कलाकार हुनुहुन्छ ।
अनुशासित : उहाँ असाध्यै अनुशासित हुनुहुन्छ ।
कम बोल्ने : चाहिएको कुरा मात्र बोल्ने, अनावश्यक कुरा नगर्ने उहाँको स्वभाव राम्रो छ ।
चरित्रमा डुब्ने : आफूले पाएको चरित्रमा डुबेर अभिनय गर्नुहुन्छ ।
केयरिङ : आफ्ना सहयोगी कलाकार तथा प्राविधिकहरूलाई सहयोग गर्ने स्वभावको
हुनुहुन्छ ।
खराब बाइट्स
बढी नै रिजर्भ : चाहिनेभन्दा बढी नै रिजर्भ स्वभाव रहेछ ।
मिडियाबाट टाढा : मिडियामा आफ्नो र आफ्नो चलचित्रका बारे के आएको छ भन्नेसम्म उहाँलाई चासो नहुने रहेछ ।
संख्यात्मकभन्दा गुणात्मक : अहिले उहाँले संख्यात्मक रूपमा धेरै चलचित्रमा काम गरिरहनुभएको रहेछ, बरु कम तर राम्रो चलचित्रमा मात्र अभिनय गरे हुन्थ्यो ।
मुड थाहा नहुने : उहाँको मुड अड्कल काट्नै नसकिने किसिमको छ ।
चरित्रमा बढी नै डुब्ने : आफूले पाएको पात्र र भूमिकामा डुब्नु राम्रो हो, तर चाहिनेभन्दा बढी डुब्नुहुन्छ ।
प्रकाशित :मंसिर २०, २०७४



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्