कान्तिपुरमा दीपाञ्जली

- साप्ताहिक संवाददाता

मंसिर २०, २०७४-

कुनै बेलाकी मोडल तथा अभिनेत्री हुन्— दीपाञ्जली लामा शाह । केही चलचित्र, विज्ञापन तथा म्युजिक भिडियोमा अभिनय गरेर स्थापित भैसकेकी दीपाञ्जली पछिल्ला केही वर्षयता भिडियो जक्की तथा रेडियो जक्कीका रूपमा समेत चिनिन थालेकी छिन् । चलचित्र निर्देशक असिम शाहकी जीवनसंगिनी दीपाञ्जली यतिबेला रेडियो कान्तिपुरमा रेडियो जक्कीका रूपमा आबद्ध भएकी छिन् ।

मंसिर १ गतेदेखि रेडियो कान्तिपुरको तरंगमा सुनिन थालिएकी दीपाञ्जली हप्ताको दुईवटा कार्यक्रम प्रस्तुत गरिरहेकी छिन् । श्रोताले उनलाई प्रत्येक आइतबार राति ७ बजेदेखि कार्यक्रम फुल अनमा सुन्न सक्छन् भने प्रत्येक बिहीबार राति ११ बजेदेखि सुनौला यादहरू शीर्षकको कार्यक्रममा पनि उनी सुनिन्छिन् । लामो समयदेखि इमेज एफएममा आबद्ध दीपाञ्जलीले रेडियो कान्तिपुरको अबको यात्रा सुखद हुने अनुमान गरेकी छिन् । 

 

प्रकाशित :मंसिर २०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्