कंगना घाइते भएपछि

- एजेन्सी

मंसिर २०, २०७४-

अभिनेत्री कंगना रनौट घाइते भएकी छिन् । चलचित्र मणिकर्णिका–द क्वीन अफ झाँसीको जोधपुरमा भैरहेको छायांकनको क्रममा लडेर उनको खुट्टामा चोट लागेको छ । चलचित्रको एउटा जटिल दृश्यका लागि कंगनाले ४० फिट अग्लो पर्खालबाट फाल हान्नुपर्ने थियो । 

त्यसक्रममा सन्तुलन बिग्रँदा उनको खुट्टाको गोलीगाँठोमा चोट लागेको हो । 

घटना लगत्तै उनलाई अस्पताल पुर्‍याइएको थियो, जहाँ चिकित्सकले उनलाई केही समय आराम गर्नुपर्ने सुझाएका छन् । उक्त चलचित्रमा कंगनाले झाँसीकी रानीको शीर्षक भूमिका निर्वाह गरेकी छिन् । 

 

प्रकाशित :मंसिर २०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्