बोके दाह्रीको सुनको सिक्रि

- साप्ताहिक संवाददाता

मंसिर १९, २०७४

श्रीकृष्ण लुईंटेल (बोके दाह्री) हाँसो र व्यंग्यले भरिएको गीत मन पराउने दर्शक तथा श्रोताका लागि परिचित नाम हो । पूर्वाञ्चलका स्टेज कार्यक्रममा व्यस्त गायक तथा कलाकार लुईटेल गीत मार्फत सामाजिक बिचलनमा पनि व्यंग्य कस्ने गर्छन् ।

‘ए बाउ किन्देउन भटभटे’ नामक चर्चित गीतबाट दर्शक तथा श्रोतामाझ लोकप्रीयता हाँसिल गरेका श्रीकृष्ण लुईंटेका ‘बाख्रा स्टाइल’, ‘डल्लेकी बैनी’, ‘ओ के छ त’, ‘नलगाउ छोटा छोटा कपडा’, ‘बाँके बर्दिया’ र ‘कलियुग’को धर्मलगायत दर्जनौँ गीत दर्शकको मनमा बस्न सफल छन् ।

गीतमा हाँसोसँगै चेतना पनि मिसाउन माहिर लुर्इंटेलको ‘सुनको सिक्रि’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतले आफ्नो जीवनसाथीलाई धोका दिनेहरुलाई व्यंग्य गरेको छ । वैदेशीक रोजगारले निम्त्याएको बिचलनलाई गीतले व्यंग्य कस्दै चेतना जगाउने काम गरेको छ । 

श्रीकृष्ण लुईटेलको शब्द रहेको गीतमा उनलाई मनिषा पोख्रेलले स्वरमा साथ दिएकी छिन् । युवराज वाईबाको निर्देशनमा तयार भएको भिडियोमा सन्तोष, सन्जी, सुरज, रोशनी, निरज, ऋचासगै उनी आफु पनि देखिएका छन् । 

सुनको सिक्रिको म्यूजिक भिडियो: 

प्रकाशित :मंसिर १९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्