पुगिरहने १० ठाउँ

  • सलोन बस्नेत, अभिनेता

- साप्ताहिक संवाददाता

मंसिर १९, २०७४

१. दरबारमार्गको ह्यासट्याग लाउन्ज

यो मेरो साथीको रेस्टुराँ त हो नै, फेरि यहाँको परिकार पनि निकै स्वादिलो छ । 

२. चन्द्रागिरि हिल्सको मुनि 

घरनजिकैको चन्द्रागिरिमुनिको हिमालयन जाभामा प्राय: पुगिरहेको हुन्छु । त्यहाँ दृश्यावलोकन गर्दै कफी पिउन मज्जा लाग्छ । 

३. क्लब डेजाभु 

यो क्लबमा म प्राय: शुक्रबार राति पुगेकै हुन्छु । त्यहाँ साथीहरूसँग नाच्न रमाइलो लाग्छ । 

४. सिभिल मलको रमाइलो बजार 

मलाई किन हो किन सिभिल मलको रमाइलो बजार घुम्न मज्जा लाग्छ । म त्यहाँ एसेसरिजहरू किन्छु ।

५. राइजिङ मलको विपिन हेयर सेन्टर 

हेयर डिजाइनर विपिन वर्माले जत्तिको मेरो हेयर स्टाइल अरूले बुझ्दैनन् । आफ्नो हेयर कटिङ र स्टाइल म विपिनबाटै गराउँछु । 

६.थानकोटको फिटनेस फस्ट 

व्यायामका लागि म हरेक बिहान आफ्नो घर नजिकैको फिटनेस फस्ट पुग्छु । 

७. सिटी सेन्टरको फुडकोर्ट 

चलचित्रकर्मी साथीहरूसँग खानपिन गर्दै कुराकानी गर्न सिटी सेन्टरस्थित काठमाडौं फुडकोर्ट निकै रमाइलो छ । 

८. बिग सिनेमा र लबिमको क्युएफएक्स

म चलेका प्राय: चलचित्र छुटाउँदिनँ । त्यसका लागि मेरो रोजाइमा बिग सिनेमा तथा लबिम मलस्थित क्युएफएक्स हुन्छन् । 

९. कृष्ण भाइको वर्कसप

म आफ्नो बाइक सर्भिसिङका लागि थानकोट चेकपोस्टस्थित कृष्णभाइको वर्कसप पुग्ने 

गरेको छु । 

१०. अनमोल र आमेशको घर 

अनमोल केसी र आमेश भण्डारी चलचित्र क्षेत्रका मेरा निकट मित्र हुन् । मलाई अरूको घर जान मनलाग्दैन, तर पुरानो बानेश्वरस्थित अनमोलको घर र कुलेश्वरस्थित आमेशको घरमा भने पुग्ने गरेको छु । 

 

प्रकाशित :मंसिर १९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्