लिलिबिली चैत ३० मा

- साप्ताहिक संवाददाता

मंसिर १८, २०७४-

चलचित्र ‘लिलिबिली’को छायाँकन सकिनु अघि नै रिलिज मिति सार्वजनिक गरिएको छ । छायाँकनका क्रममा रहेको यो चलचित्र आगामी चैत्र ३० गते रिलिज हुने भएको छ ।

युकेका रमणीय स्थल छायाँकन भैरहेको चलचित्रको ५५ प्रतिशत काम सकिएको छ । अब विदेश छायाँकनको ३५ प्रतिशत काम बाँकी छ । ‘चैत ३० मा काम सकिदैन की भन्ने अन्योल थियो । तर, टिमले राम्रो काम गरिरहेकोले सोही मितिसम्म सिनेमा सम्पूर्ण पक्षबाट तयार हुने भएपछी यो मितिलाई लक गरिएको हो ।’ वितरक समेत रहेका शाहीले बताए । साथै, क्रिसमसमा सिनेमाको पहिलो गीत समेत सार्वजनिक गरिने जानकारी दिए ।

मिलन चाम्सले एक्सनकट गरिरहेको चलचित्रमा प्रदीप खड्का, जसिता गुरुङ, प्रियंका कार्की र अनुपविक्रम शाहीको मुख्य भूमिका छ । स्थानीय काउन्सिलको अनुमति र १० मिलियन पाउन्डको पब्लिक ल्याबिलिटी इन्सुरेन्स (पीएलआई) गरेर छायााकन गर्न चुनौती र अवसर दुवै आफुले महसुस गरेको निर्देशक चाम्सले बताए ।

काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भैरहेको चलचित्रमा गोविन्दका अलावा सुदिप खड्का र निर्देशक चाम्सको पनि लगानी छ ।

प्रकाशित :मंसिर १८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्