सहारा क्लब हङकङबाट २० लाख सहयोग

- अनोज रोक्का

मंसिर १८, २०७४-

 

 

सहारा क्लब हङकङले सहारा एकेडेमी पोखरालाई १५ लाख र भुकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोक हैबुङ माध्यमिक बिद्यालय सहयोगार्थ ५ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।

‘आत्मा साक्षी राखी मन, बचन र कर्मले सामाजिक सेवा गरौं’ भन्ने मुल नाराका साथ आयोजना गरिएको ‘तेश्रो सहारा साँझ २०१७’ बाट संकलित बचत रकमबाट उक्त सामाजिक सहयोग प्रदान गरिएको हो ।

आईतबार क्लबले आयब्यय सार्वजनिक गर्दै, सहाराले बिगतदेखी नै कठिन परिस्थिति एवंम विपन्न वर्गका बालकहरुको सहयोगार्थ विभिन्न प्रकारका सहयोग कार्यक्रमहरुको आयोजना गरिरहेको र हङ्कङबासी सम्पुर्ण नेपालीहरुको सहयोग भईरहेको क्लबका अध्यक्ष दिपक गुरुङ्ले बताए । 

कार्यक्रममा बोल्दै सहारा क्लव हङकङका प्रमुख सल्लाहाकार तुलसीकुमार गुरुङले हङकङ जस्तो व्यस्त शहरमा आयोजना गरिएका अधिकांश कार्यक्रम असफल हुने बताउँदै सहारा हङकङले जति सहयोग रकम संकलन गर्न सक्यो त्यो निकै कठिन कार्यले सम्भव भएकोमा टिमलाई धन्यवाद दिए । बराह ज्वेलरी हङ्कङको मुख्य प्रायोजनमा सम्पन्न कार्यक्रममा नेपालका चर्चित कलाकारहरुको प्रस्तुती समेटिएको थियो ।

आयब्यय सार्वजनिक कार्यक्रममा हङकङ सरकारबाट चिफ एक्जुकेटिभ अवार्डबाट सम्मानित

व्यक्तित्व सहारा क्लव हङकङका सल्लाहाकार तथा एनआरएन हङकङका अध्यक्ष राधिका गुरुङ (टिका) लगायत सहारा हङकङलाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने व्यक्तित्वहरुलाई

सम्मान गरिएको थियो ।

 

तस्बिर : जगत अम्बु 

प्रकाशित :मंसिर १८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्