जापानि गलामा नेपाली कला

- साप्ताहिक संवाददाता

मंसिर १८, २०७४-

नेपाली कलाकारले अभिनय गरेको जापानिज गीत सार्वजनिक भएको छ । चलचित्र ‘माई लभ’का कलाकार गणेश लामा र शितल श्रेष्ठले अभिनय गरेको जापानिज गीत सामाजिक सञ्जालमा सार्वजनिक भएको हो । ‘माई लभ’कै उक्त गीतमा जापाजिन नायिका युईची हायताको पनि अभिनय छ । साथै गीतमा जापानिज कोरस कलाकारहरु फिचरिङ छन् ।

गीतमा ताकाफुमी होसाईको संगीत रहेको छ भने रेई सातो, शिनोबु ओशिमा, मिसाओ युईदा र युका तुका टोकुई को स्वर रहेको छ । गीतको शब्द भने निर्देशक डा.तोसिआकी इतोहले लेखेका हुन् ।  जापानमा नारायण जिसीले खिचिएको गीतलाई प्रदिप श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्र यही मंसीर २९ गतेदेखि काठमाडौं उपत्यकासहित देशभरका मल्टिप्लेक्सहरुमा रिलिज हुँदैछ ।

नेपालमा २०७२ साल वैशाख १२ गते गएको महाविनाशकारी भूकम्पको कथा चलचित्रको पर्दामा हेर्न पाइने भएको छ । भूकम्पले काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा गरेको क्षतिसँगै भूकम्पका समयमा सुरक्षाकर्मी र उद्दारकर्मीहरुले खेलेको प्रशंसनीय भूमिकामा आधारित छ । जापानी निर्देशक डा.तोसिआकी इतोहले निर्देशन गरेको चलचित्रमा गणेश लामा, नयाँ अनुहार शितल श्रेष्ठ, जापानी अभिनेत्री रिवन मित्सुतानीको मूख्य भूमिका रहेको छ ।

यस्तै नेपाली कलाकारहरु चैत्यदेवी सिंह, चाादनी लामा, राजु भुजु, मञ्जु श्रेष्ठ र जापानी कलाकारहरु युइची हायाता, शुतारो मत्सुदा, काजुतोशी थासाका, ताक् मियामोतोको समेतको अभिनय हेर्न पाइनेछ ।

माइ लभ चलचित्रले आफ्नो देशको महत्वपूर्ण सम्पदास्थलहरुको महत्व दर्शाउदै तिनीहरुको पुनर्निर्माण र संरक्षण गर्नु सबै नेपालीको दायित्व रहेको सन्देश दिइएको छ । चलचित्रमा धरहरा ढल्दै गरेको दृश्यलाई पनि जीवन्त रुपमा देखाइएको छ भने भूकम्पले तहसनहस पारेको काठमाडौंलाई वास्तविक रुपमा प्रस्तुत गरिएको छ ।

गीतको म्यूजिक भिडियो 

प्रकाशित :मंसिर १८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्