लभ डायरिजको घोषणा

- साप्ताहिक संवाददाता

मंसिर १८, २०७४-

चलचित्र ‘लभ डायरिज’ बन्ने भएको छ । सौरभ चौधरीले निर्देशन गर्ने चलचित्र लागि सुशील श्रेष्ठ, रुबिना थापा, विश्वजित रिमाल, बिष्णु सापकोटा लगायतका कलाकार फाईनल भएका छन् । यो चलचित्र मार्फत अभिनेता सुशील नयाँ रुपमा देखा पर्ने निर्माण पक्षले जनाएको छ । 

सम्पादक साहिल खानले चलचित्रमा ‘एसोसियट डाइरेक्टर’को भूमिका निर्वाह गर्नेछन् । साथै, चलचित्रमा साहिल र मिलन श्रेष्ठको सम्पादन समेत रहनेछ । ‘ईइस्टेर इन्टरटेनमेन्ट’को व्यानरमा निर्माण हुने लभस्टोरी चलचित्रमा विनोद सापकोटाको निर्माण र बीबी ढकालको सह–निर्माण रहनेछ । 

चुनाव सकिए लगतै छायाँकनमा जाने चलचित्रमा संजय लामाको छायाँकन, अर्जुन पोख्रेलको संगीत र कविराज गहतराजको कोरियोग्राफी रहनेछ । 

प्रकाशित :मंसिर १८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्