आर्यनलाई प्रियंकाको ‘बटरफ्लाई’ ट्रेलर

- साप्ताहिक संवाददाता

मंसिर १७, २०७४- 

अभिनेता आर्यन अधिकारी र अभिनेत्री प्रियंका कार्कीको मुख्य भूमिका रहेको चलचित्र बटरफ्लाईको ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा अभिनेता अधिकारीलाई फरक शैलीमा प्रस्तुत गरिएको छ । 

ओम प्रतिक (गुरुङ)ले निर्देशन गरेको ‘बटरफ्लाई’मा आर्यन र प्रियंकाका साथमा अर्पण थापा, सुष्मा कार्की, रबिन्द्र खड्का लगायतका कलाकारको मुख्य भूमिकामा रहेर अभिनय गरेका छन् । 

चलचित्रमा अर्जुन पोख्रेल, विकाश चौधरी र दीपक शर्माको संगीत, सुरेश बज्राचार्यको छायाँकन, अर्जुन जिसी र मन्दील श्रेष्ठको सम्पादन रहेको छ । चलचित्र पुष २८ गतेबाट प्रर्दशन हुनेछ ।

‘बटरफ्लाई’ ट्रेलर 

प्रकाशित :मंसिर १७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्