कालीप्रसाद इन कन्सर्ट

- राजाराम पौडेल

मंसिर १६, २०७४-आज मंसिर १६ गते शनिबार पोखरामा गायक तथा संगीतकार कालिप्रसाद बाँस्कोटा झुल्कँदैछन् । ‘कर्पोरेट कनेक्सन’को दोस्रो सिजनका अवसरमा आफ्नो प्रस्तुति राख्न बाँस्कोटा पोखरा पुग्ने भएका हुन् । कार्यक्रममा अभिनेत्री निता ढुंगाना, हास्यकलाकार जोगिन्दर पानवाला र जादुगर सुरज मैनालीको विशेष प्रस्तुति रहनेछ ।

साँझ ६ बजे सुरु हुने यो विशेष सांगीतिक कार्यक्रममा पोखरासँगै देशभरका कर्पोरेट क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहने आयोजक एएसएपी इभेन्ट कम्पनीका म्यानेजिङ डाइरेक्टर सन्तोष अधिकारीले जानकारी दिए ।

कार्यक्रममा कर्पोरेट क्षेत्रका मानिसहरूलाई लक्षित गर्दै रञ्जित आचार्यको विशेष प्रवचन समेत राखिएको छ । कार्यक्रममा सहभागी हुन १ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ । 

 

प्रकाशित :मंसिर १६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्