फागुन २५ मा गाँजाबाजा

- साप्ताहिक संवाददाता

मंसिर १६, २०७४

‘गाँजाबाजा’ नामकै कारण करिव २ वर्षदेखि प्रदर्शन हुन नपाएको चलचित्र अब भने रिलिज हुने भएको छ । चलचित्र ‘गाँजाबाजा’ आउँदो फागुन २५ गतेबाट अलनेपाल रिलिज हुने औपचारिक घोषणा भएको छ । नामाकरणकै कारण चलचित्र बिकास बोर्डले चलचित्र दर्ता गर्न नमाने पछि चलचित्र युनिट न्यायका लागि सर्बोच्च अदालतसम्म पुगेको थियो ।

गणेशदेब पाण्डेले निर्देशन गरेको यो चलचित्रमा अनुपम शर्मा, सुशील सिटौला, बर्षा सिवाकोटी लगायतका कलाकारले अभिनय गरेका छन् । 

गाँजा खोज्दै भौंतारिने दुई बेरोजगार युवाको कथालाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्रमा जीवनका अन्य मोड पनि समावेश गरिएको छ । लतका कारण जीवनसँग भौतारिने क्रममा जीवनमा आउँने अन्य मोडका कारण चलचित्रका पात्रको जिन्दगीमा बाजा बज्ने चलचित्र निर्माण यूनिटले जनाएको छ । 

प्रकाशित :मंसिर १६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्