भोकमरीले गर्दा चिडियाखानाका जनावर चोरी

- एजेन्सी

मंसिर १६, २०७४-

भेनेजुएलाको पश्चिमी राज्य जुलियामा भोकमरी देखिन थालेपछि केही व्यक्तिले खानाका लागि चिडियाखानाका जनावरको चोरी गर्न थालेका छन् । सम्भावित भोकमरीबाट जोगिन केही व्यक्तिले बँदेलजस्तो देखिने पिकारिजको चोरी गरेको चिडियाखानाका अधिकारीहरूले बताएका छन् । चोरहरूले पछिल्लो पटक १० किसिमका प्रजातिका जनावरको चोरी गरेका थिए ।

कोलम्बियाको बोर्डर नजिक अवस्थित उक्त चिडियाखानाबाट भएको जनावरको चोरी तिनलाई मारेर खाने नियतले नै भएको प्रहरीले बताएको छ । चिडियाखानाका अधिकारीहरूका अनुसार चोरले विश्वमै लोपोन्मुख अवस्थामा पुगेका जनावरहरू पनि चोरेर लगेका छन् ।

सरकारले भने उक्त राज्यका आन्दोलनकारीहरूले बाटो रोकेका कारण त्यहाँ खाद्यान्न पुर्‍याउन अप्ठ्यारो स्थिति सिर्जना भएको बताएका छ भने उक्त क्षेत्रमा फोहोरमा फालिएका खानेकुरा खानु पर्ने अवस्था आएको स्थानीय बासिन्दाहरू बताउँछन् । 

 

प्रकाशित :मंसिर १६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्