जान्वीको पहिरन

- साप्ताहिक संवाददाता

मंसिर १५, २०७४-

अघिल्लो साता काठमाडौंमा आयोजित चलचित्र भैरेको घोषणा समारोहमा अभिनेत्री जान्वी बोहोराले सबैको ध्यान आकर्षित गरिन् । समारोहमा जान्वीसहित दयाहाङ राई तथा सुरक्षा पन्त अग्रपंक्तिमा थिए, यद्यपि अधिकांश सञ्चारकर्मीको ध्यान जान्वीले नै आकर्षित गरिरहेकी थिइन् । फोटो पत्रकारका क्यामेराका लेन्स पनि जान्वीमै केन्द्रित थिए । 

कारण थियो, जान्वीलाई कामुक देखाउने पहिरन । मंसिरको चिसोमा जान्वी स्लिभलेस वन पिसमा प्रस्तुत भएकी थिइन् । चिसोलाई वेवास्ता गर्ने शैलीको पहिरनमा कामुक देखिएकी जान्वीलाई क्यामेरामा कैद गर्ने फोटोपत्रकार प्रशस्तै देखिए ।

प्राय: गर्मीमा लगाइने पहिरनलाई जान्वीले जाडो मौसममै लगाइँदिदा स्टेजमा रहेका अन्य दुई अभिनेत्री ओझेलमा परेको आभास भयो । चलचित्र सपना तिम्रो मेरोमार्फत दर्शकमाझ आएकी जान्वीले त्यसअघि दर्जनौं नाटक तथा म्युजिक भिडियोमा अभिनय गरिसकेकी थिइन् ।

यद्यपि पहिलो चलचित्र प्रदर्शन भएको दुई वर्ष भैसक्दा पनि उनले नयाँ चलचित्र पाएकी थिइनन् । अहिले आएर उनलाई निर्देशक सूर्य बोहोराले सरप्राइज दिएका हुन्, चलचित्र भैरेमा मुख्य अभिनेत्रीको भूमिका दिएर । 

 

प्रकाशित :मंसिर १५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्