हैरानमा लिइदैं छ भिलेनको साहारा

- साप्ताहिक संवाददाता

मंसिर १४, २०७४-

पछिल्लो समय चलचित्र ऐश्वर्य मार्फत भिलेनको रुपमा प्रशान्त ताम्राकारले चर्चा पाएपछि निर्माता निर्देशक एन्टागोनिस्ट फोकसमा पनि लागेका छन । चलचित्रको प्रोटोगोनिस्टलाई अवरोध उतपन्न गर्ने एन्टागोनिस्ट सशक्त हुन् उत्तिकै आवस्यक छ । यसैले गर्दा पनि फिल्म ‘हैरान’ युनिटले एन्टागोनिस्टलाई अगाडी ल्याएका छन् । 

करातेको समेत खेलाडी रहेका एमडी वसिम राजाले चलचित्रमा भिलेनको भूमिका निर्वाह गरेका छन् । चलचित्रका निर्माता तथा कलाकार गजित बिष्टका समेत खेलाडी गुरु रहेका वसिमको कामको चर्चा युनिटले गर्न थालेका छन् । ‘उनको अभिनयले हामी सबैलाई प्रभावित बनाएको छ’ गजित भन्छन’ हामी झैँ दर्शकले पनि वसिम दाईलाई रुचाउनु हुन्छ भन्नेमा ढुक्क छौ ।’ चलचित्र गजितकै छोरा सौगात विष्टले निर्देशन गरेका छन् । 

विश्कै कान्छा निर्देशकसंग काम गर्दा आफुलाई पनि रमाइलो लागेको वसिम बताउछन् । ‘नेपाली चलचित्रमा पहिलो काम हो’ वसिम भन्छन ’यहाँ कलाकार र प्राविधिकले गर्ने मेहनतको सम्मान गर्छु ।’ उनि नेपालीमै बोल्छन । चलचित्रमा गजित र वसिमसंगै सत्यराज आचार्य, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ , पुष्कर रेग्मी लगायतको अभिनय रहेको छ । डबिङको अन्तिम चरणमा रहेको चलचित्र ७५ सालको बैशाखमा रिलिज गर्ने लक्ष्य निर्माण पक्षको रहेको छ । 

 

प्रकाशित :मंसिर १४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्