‘फिर्के’को ट्रेलर

- साप्ताहिक संवाददाता

मंसिर १३, २०७४

चलचित्र ‘फिर्के’को ट्रेलर सार्वजनिक भएको छ । पुष १४ गतेबाट अल नेपाल रिलिजको तयारीमा रहेको यो चलचित्रको बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि ट्रेलर सार्वजनिक गरिएको हो ।

तितो सत्य, जिरे खुर्सानी लगायतका टेलिसिरियलमा ‘बेमान’को नामले परिचित रवि डंगोलले निर्देशन गरेको चलचित्रमा ‘ईकु’को नामले चर्चित सुलेमान शंकर प्रस्तुतकर्ताका रुपमा रहेका छन् । चलचित्रमा ओमलाल गुरुङ् र राजेश श्रेष्ठको लगानी रहेको छ ।

चलचित्रमा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ । अभिमन्यू निरबीको लेखन, अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको ‘फिर्के’मा मित्र डि. गुरुङको सम्पादन तथा राम कुमार केसीको छायांकन रहेको छ । बिश्व नेपाली र सुवास भुषालको चलचित्रमा संगीत रहेका छन् ।

चलचित्र ‘फिर्के’को ट्रेलर   

 

प्रकाशित :मंसिर १३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्