रजनीको दिपज्योती मंसिर २२ मा

- साप्ताहिक संवाददाता

मंसिर १३, २०७४-

अभिनेत्री रजनी केसी अभिनित चलचित्र ‘दिपज्याती’ मंसिर २२ मा रिलिज हुने भएको छ । चलचित्र यूनिटले रिलिजको १० दिन अघि मात्रै ‘दिपज्याती’को रिलिज डेट सार्वजनिक गरेको हो । देशमा भैरहेको निर्वाचनका कारण अन्य कुनै चलचित्र मेकरले उक्त मितिमा चलचित्र रिलिज गर्ने आट नगरिरहेका बेला ‘दिपज्याती’ यूनिटले यहि डेटमा चलचित्र रिलिज गर्ने घोषणा गरेको हो । 

चलचित्रमा रजनीका साथमा अग्रज कलाकार नीर शाह, कलाकार खुश्वु खड्का, प्रमोद द्विप, लय संग्रौला, रश्मी भट्ट, पुष्कर रेग्मी, शेखर केसी, शेर बहादुर गुरुङ लगायतका कलाकारको मुख्य भूमिका रहने छ । कृष्ण खनालको प्रस्तुती एव निरञ्जन ठाकुर र अन्जना राइ ठाकुर निर्माता रहेको चलचित्र नारायण मैनालीले निर्देशन गरेका हुन् । 

रामकृष्ण अधिकारी कार्यकारी निर्माता रहेको चलचित्रमा रामशरण उप्रेतीले क्यामेरा चलाएकाछन् भने विकास चौधरीको संगीत र कोरियोग्राफी रामजी लामिछानेको रहेको छ ।

 

प्रकाशित :मंसिर १३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्