गीतकै चर्चा

- एजेन्सी

मंसिर १३, २०७४-

यतिबेला बलिउड चलचित्र टाइगर जिन्दा है को चर्चा चुलिएको छ । शानदार एक्सन तथा सलमान खान–कट्रिना कैफको रोमान्सले भरिएको यो चलचित्रको ट्रेलरले दर्शकको मन जितिसकेको छ भने स्वाग से स्वागत गीतले पनि दर्शकहरूलाई लोभ्याइसकेको छ । दर्शकले उक्त गीतको आकर्षक नृत्य मन पराएका हुन् । 

कम समयमै लोकप्रिय भैसकेको उक्त गीत दर्शकमाझ उत्कृष्ट पार्टी सङका रूपमा स्थापित भएको छ । विशाल दहलानी तथा नेहा भसिनको स्वरको उक्त गीतमा विशाल–शेखरको संगीत तथा वैभवी मर्चेन्टको कोरियोग्राफी छ । माशाअल्लाह...पछि सलमान–कट्रीनालाई यही गीतमार्फत पुन: एकपटक धमाकेदार नृत्यमा देख्न पाइएको छ । 

गीतमा प्रस्तुत गरिएको लोकेसनले पनि दर्शकहरूलाई लोभ्याएको हो । ग्रिकको सानो आइल्यान्ड नेक्ससमा छायांकन गरिएको उक्त गीतको भिडियोमा विश्वभरिका नृत्यांगनाहरूलाई प्रयोग गरिएको छ । चलचित्रका निर्देशक अली अब्बास जफरका अनुसार उक्त गीतले शान्ति, प्रेम तथा भाइचारालाई सेलिब्रेट गरेको छ । 

 

प्रकाशित :मंसिर १३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्