संगीतकार भिलेन

- साप्ताहिक संवाददाता

मंसिर १३, २०७४-

दक्षिण भारतीय चलचित्रमा ह्यान्डसम भिलेनले दर्शकको मन जितिरहेका बेला नेपाली चलचित्रमा समेत आकर्षक व्यक्तित्व भएका कलाकारलाई नकारात्मक भूमिकामा प्रस्तुत गर्न थालिएको छ । 

चलचित्र ऐश्वर्यबाट प्रशान्त ताम्राकार भिलेनका रूपमा स्थापित भएपछि नकारात्मक चरित्र निर्वाह गर्ने कलाकारहरूको उत्साह बढ्न थालेको छ । यसरी उत्साहित हुने कलाकारको सूचीमा राजन इशान पहिलो नम्बरमा पर्छन् ।

गायक, संगीतकार तथा संगीत संयोजकका रूपमा स्थापित भैसकेका राजन अहिले अभिनयमा समेत सक्रिय हुन थालेका छन्, त्यो पनि भिलेनको भूमिकामा । 

इशानले चलचित्र दुई रुपैयाँ तथा रुद्रप्रीयामा भिलेनका रुपमा प्रस्तुत भएर दर्शकको मन जितिसकेका छन् । दुई चलचित्रको आफ्नो भूमिकाका कारण निर्माता–निर्देशकको नजरमा परिसकेका इशान यतिबेला चलचित्र हिरो रिटन्र्सको पर्खाइमा छन् ।

उक्त चलचित्रको आफ्नो भूमिकाका बारेमा इशानले मुख खोलिसकेका छैनन्, यद्यपि सविन श्रेष्ठको यो चलचित्रमा उनी नकारात्मक भूमिकामै प्रस्तुत हुने अनुमान गरिएको छ ।  

प्रकाशित :मंसिर १३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्