सेलिब्रेटी खसीको निधन

- एजेन्सी

मंसिर १२, २०७४-

अस्ट्रेलियाको सेलिब्रेटी खसीको निधन हुँदा सामाजिक सञ्जालमा उक्त खसीसँग जोडिएका र उसको अभिनयबाट प्रभावित लाखौं मानिस दु:खित भए । सिड्नीको एक म्युजियम बाहिरको बगैंचाको फूल चरेपछि गेरी नाम गरेको उक्त खसीलाई जरिवाना सुनाइएको थियो । खसीलाई जरिवाना भएपछि सिड्नीवासीले उसको जरिवाना तिर्न चन्दा संकलन गरेका थिए । 

त्यसपछि गेरी धेरै अस्ट्रेलियनबीच परिचित भए । गेरीका मालिक जिम्बो बाजोवीले एक कार्टुन इमु बियरसँग साटेर ल्याएको गेरीसँगको यात्राका भिडियो युट्युबमा अपलोड गर्न थाले । स्ट्यान्डअप कमेडीयन जिम्बोसँग गरीको उक्त भिडियो धेरैले रुचाए । फेसबुकमा गेरीको आफ्नै पेज छ, जसका फलोअर्सहरूको संख्या १७ लाखभन्दा बढी छ । गेरीको मुटुमा ट्युमर पलाएर मृत्यु भएको खबर उनको पेजमा पोस्ट गर्दा पहिले धेरैले पत्याएनन् भने त्यसमा ३० हजारभन्दा बढीले शोक व्यक्त गरे । 

 

प्रकाशित :मंसिर १२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्