आलोक नेम्बाङको अन्तिम भिडियो सार्वजनिक

- साप्ताहिक संवाददाता

मंसिर १२, २०७४-

दिवंगत निर्देशक आलोक नेम्बाङद्वारा निर्देशित अहिले सम्मकै सम्भवत: अन्तिम म्युजिक भिडियो सार्वजनिक भएको छ । निर्देशक नेम्बाङले २०७१ साल कात्तिक २० गते यो संसार त्याग्नुभन्दा केही दिनअघि निर्देशित गायक प्रल्हाद तिमिल्सिनाको स्वरको ‘यो मनलाई...’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

उक्त भिडियो छायांकन भएको केही दिनपछि नै निर्देशक नेम्बाङले आत्महत्या  गरेपछि भिडियोका फुटेजहरु संकलन गर्न समय लागेकाले अहिले आएर भिडियो सार्वजनिक गरिएको गायक तिमिल्सिनाले जनाएका छन् । भिडियो गायक तिमिल्सिनाकै आधिकारिक यूट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

कालीप्रसाद रिजालको शब्द तथा आलोकश्रीको संगीत निर्देशनको उक्त गीतमा महाराज थापाको संगीत संयोजन छ । उक्त गीत गायक तिमिल्सिनाको एकल एल्बम ‘महक’ मा समावेश गरिएको छ । धीरजजंग शाहद्वारा छायांकन गरिएको उक्त भिडियोलाई प्रकाश तुलाधरले सम्पादन गरेका छन् । बालाजु आसपासका क्षेत्रमा छायांकन गरिएको उक्त भिडियोमा अनिल थापा तथा एलिजा बस्नेतले अभिनय गरेका छन् ।

मनलाई गीतको म्युजिक भिडियो : 

 

प्रकाशित :मंसिर १२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्