दंग छन् आमेश

- साप्ताहिक संवाददाता

मंसिर १२, २०७४-

अभिनेता आमेश भण्डारीका शब्दमा उनले चलचित्र मेलाबाट अभिनय यात्राको दोस्रो इनिङ प्रारम्भ गरेका छन् । विगतमा गायक तथा संगीतकारका रूपमा चलचित्र क्षेत्रमा आएका आमेशले दिनेश डिसीद्वारा निर्देशित चलचित्र ‘फूलैफूलको मौसम तिमिलाई’ मार्फत पदार्पण गरेका हुन् । उक्त चलचित्रमा अभिनयरत छँदा अभिनेत्री नीता ढुंगानाको प्रेमीका रूपमा समेत चर्चामा आएका आमेश अहिले सिंगल छन् ।

नीतासँग ब्रेकअप भएपछि झन्डै एक वर्ष फुर्सदमा बसेका आमेशलाई निर्देशक वसन्त निरौलाले चलचित्र मेलामार्फत पुन: अभिनयमा सक्रिय गराएका हुन् । मेलाले व्यवसायिक सफलता हासिल गरेपछि यतिबेला आमेशको उत्साह बढेको छ । साप्ताहिकसँगको कुराकानीमा आमेशले नयाँ–नयाँ चलचित्रबाट अभिनयको प्रस्ताव पाउन थालेको बताएका छन् ।

नीतासँगको ब्रेकअपपछि चलचित्र क्षेत्रबाटै अलग हुने निर्णय गरेका आमेशलाई मेलाको सफलताले पुन: यही क्षेत्रलाई निरन्तरता दिने हौसला समेत प्रदान गरेको छ । 

 

प्रकाशित :मंसिर १२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्