अभिनेत्रीको पछुतो

- एजेन्सी

मंसिर १२, २०७४-

प्रदर्शनको तयारीमा रहेको चलचित्र जुली–२ की अभिनेत्री राय लक्ष्मीले चलचित्रमा आफूले दिएको एउटा दृश्यप्रति पछुतो लागिरहेको बताएकी छिन् । चलचित्रमा आफू बोल्ड भूमिकामा प्रस्तुत भएको बताउँदै उनले एउटा दृश्य भने अति नै अश्लील रहेको तथा त्यसका लागि आफू कसरी तयार भएँ भन्ने कुरा अहिले सोच्नसमेत अप्ठ्यारो लाग्ने उल्लेख गरेकी छिन् ।

चलचित्रको उक्त बोल्ड दृश्यका बारेमा मैले बोल्नु हुन्छ कि हुन्न भन्ने पनि थाहा छैन, लक्ष्मीको भनाइ छ— तर उक्त दृश्य निकै अश्लील भएको कुरा मैले लुकाउनु हुँदैन । लक्ष्मीका अनुसार दर्शकलाई वास्तविकता अनुभव गराउने क्रममा उक्त दृश्य तयार पारिएको हो ।

उक्त दृश्यमा उनले नचाहँदा–नचाहँदै एक जना पुरुषसँग सुत्नुपर्छ । उक्त दृश्यको छायांकन समेत खराब रहेको लक्ष्मीको भनाइ छ । लक्ष्मी भन्छिन्– उक्त दृश्यमा मैले असहज महसुस गरें । व्यक्तिगत रूपमा मलाई के लाग्छ भने त्यस्तो दृश्य तथा अंग प्रदर्शन सीमित कलाकारले मात्र गर्नुपर्छ, हरेक कलाकार त्यस्तो दृश्यका लागि सहजै तयार हुन सक्दैनन् । 

 

प्रकाशित :मंसिर १२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्