रोमियो एण्ड मुना टिजर

- साप्ताहिक संवाददाता

मंसिर १२, २०७४-

चलचित्र रोमियो एण्ड मुनाको टिजर सार्वजनिक भएको छ । यो चलचित्रको केहि दिन अघि मात्रै रिलिज मिति सार्वजनिक गरिएको थियो । सवा एक मिनेटको टिजरमा अहिले सम्मका चलचित्रको भन्दा फरक पन देख्न सकिन्छ । सार्वजनिक टिजरमा एक सुन्दर चराको जोडीलाई प्रस्तुत गरिएको छ । 

नरेश कुमार केसी निर्देशित चलचित्र रोमियो एण्ड मुना मा नायक विनय श्रेष्ठ र नायिका सृष्टि श्रेष्ठ शिर्ष भूमिकामा प्रस्तुत भएका छन् । फागुन ११ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्रको हाल पोष्ट प्रोडक्सनको काम भैरहेको छ । चलचित्रलाई प्रशन्न गोपाली, राम शर्मा, कविन शाक्य र विनय मिलेर बनाएका हुन् । 

रोमियो एण्ड मुनाको टिजर 

प्रकाशित :मंसिर १२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्