अत्यधिक रकममा बिक्यो कुमारित्व

- साप्ताहिक संवाददाता

मंसिर ११, २०७४-

अमेरिकाकी एक मोडलले आफ्नो कुमारित्व भंग गर्न राखेको लिलामी एक व्यापारीले अत्यधिक रकम तिर्दै सकारेका छन् । १९ वर्षीया गिसेलीले जर्मनीको सिन्ड्रेला एक्सकोर्ट वेबसाइटमार्फत गरेको कुमारित्व लिलामीमा आबुधावीका एक व्यापारीले ३० करोड १६ लाख रुपैयाँ तिर्न मन्जुर भएका थिए । उक्त कुमारित्वको लिलामीमा एक हलिउड कलाकारसमेत सहभागी थिए, जसमा उनी २९ करोड १२ लाख रुपैयाँ तिर्न तयार थिए ।

पार्टटाइम मोडलिङ गर्ने गिसेलले लिलामीबाट आएको रकम कलेजको फी तिर्न, नयाँ घर किन्न तथा विदेशको यात्रा गर्न खर्च गर्ने बताइन् । गिसेलले आफ्नो कुमारित्व लिलामीमा राख्नुको कारण महिलाले आफ्नो शरीरको निर्णय आफैं गर्न पाउनुपर्छ भन्ने कुरा देखाउन भएको बताएकी छिन् । आफ्नो कुमारित्व भंग गर्न त्यत्रो रकम तिर्न मन्जुर भएकोमा उनी औधी खुसी छिन् भने उनले आफ्नो सपना साकार भएको समेत बताएकी छिन् । 

 

प्रकाशित :मंसिर ११, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्