बोलचालै बन्द

- एजेन्सी

मंसिर ११, २०७४-

चलचित्र इशकजादेबाट दर्शकको मन जित्न सफल अर्जुन कपुर तथा परिणिति चोपडाको जोडी अहिले पुन: चर्चामा छ । यद्यपि वास्तविक जीवनमा समेत असल साथीका रूपमा रहेको यो जोडीबीच अहिले बोलचाल बन्द छ । उनीहरू अहिले एक–अर्काको अनुहार समेत हेर्न नचाहने अवस्थामा पुगेका छन् ।

सामाजिक सञ्जाल तथा मोबाइलमा समेत उनीहरूले कुराकानी गरिरहेका छैनन् । चलचित्र सन्दीप और पिंकी फरारको छायांकनमा सहभागी हुनुपूर्व चलचित्रका मुख्य अभिनेता–अभिनेत्रीको सम्बन्धमा फाटो ल्याउने काम भने चलचित्रका निर्देशक दीबाकर बनर्जीले गरेका हुन् । निर्देशक बनर्जीले चलचित्रमा उत्कृष्ट परिणाम प्राप्त गर्न नै अर्जुन र परिणीतिको सम्बन्धमा फाटो ल्याएका हुन् ।

बनर्जी भन्छन्– चलचित्रका केही दृश्यमा अर्जुन र परिणीतिले एक–अर्कालाई घृणा गर्नुपर्ने हुन्छ । छायांकनमा जानुभन्दा एक महिनाअघिदेखि उनीहरूलाई भेट्न नदिएपछि उनीहरूले एक–अर्कालाई घृणा गरेको दृश्य सहजै दिन सक्नेछन् । निर्देशक बनर्जीले परिणिति र अर्जुनलाई एकै पटक छायांकनस्थलमा भेट गराउने योजना फलदायी हुने विश्वास लिएका छन् । 

 

प्रकाशित :मंसिर ११, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्