सेटमै पुगे आयुष्मान

- साप्ताहिक संवाददाता

मंसिर १०, २०७४-

अभिनेता आयुष्मान देशराज जोशी तथा अभिनेत्री प्रियंका कार्कीको रोमान्स कसैबाट छिपेको छैन । चलचित्रमा अत्यधिक व्यस्त प्रियंकाले आयुष्मानलाई भने जति समय दिन सकेकी छैनन् । त्यसैले हुन सक्छ, आयुष्मान प्रियंकासँग भेट्न उनी अभिनयरत चलचित्रको छायांकनस्थलमै पुग्छन् । 

यतिबेला प्रियंका कोहलपुरमा छिन् । चलचित्र कोहलपुर एक्सप्रेसको छायांकनमा झन्डै एक सातादेखि व्यस्त प्रियंकालाई आयुष्मानले नभेटेको झन्डै दुई साता भयो । 

मुम्बईमा रहेका आयुष्मान गत आइतबार प्रियंकालाई भेट्न नेपालगन्ज हुँदै कोहलपुर पुगे । आयुष्मान कोहलपुर पुगे पनि उनले प्रियंकाको छायांकन सेड्युलमा भने प्रभाव नपारेको बताइन्छ । 

 

प्रकाशित :मंसिर १०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्