वाइसी बेकरी क्याफे

- साप्ताहिक संवाददाता

मंसिर १०, २०७४

भर्खरै सञ्चालनमा आएको वाइसी बेकरी क्याफेले इटलीको वास्तविक बिन्स कफीको स्वादलाई नेपाली कफी पारखीबीच ल्याएको छ । काठमाडौंको सिनामंगलमा नोबेल अस्पतालको छेउमा खुलेको वाइसी बेकरी क्याफे कफीका लागि मात्र होइन, त्यही उत्पादन हुने केक तथा पेस्ट्रीका लागि पनि स्थानीयहरूको रोजाइमा पर्न थालेको छ ।

न्यानो वातावरणमा बिन्स कफीका विभिन्न स्वादहरूका साथै कन्टिनेन्टल, भारतीय, नेपाली, चाइनिज, मेक्सिकन, इटालियन आदि स्थानका चर्चित परिकारहरू पनि वाइसीको मेनुमा समावेश छन् । बार पनि रहेको वाइसी क्याफेमा साँझपख मधुर संगीत सुन्दै देशविदेशका विभिन्न मदिराहरूको चुस्की पनि लिन सकिनेछ । यो विकेन्ड वाइसीमा पुग्ने पो हो कि ? 

 

प्रकाशित :मंसिर १०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्