तीव्र गतिको कार

- साप्ताहिक संवाददाता

मंसिर १०, २०७४-

अमेरिकी कम्पनी हेनेसीको भेनम एफ ५ संसारकै तीव्र गतिको कार भएको दाबी गरिएको छ । अमेरिकाको लस भेगासमा सम्पन्न अटो शो ‘सेमा अटोमोटिभ शो’ मा उक्त कार प्रदर्शन गरिएको थियो । कम्पनीका अनुसार यसको अधिकतम गति ४ सय ८२ किलोमिटर प्रतिघण्टा छ । 

कम्पनीले जम्मा २४ वटा मात्र कार उत्पादन गरेको छ । परीक्षणका क्रममा यसको गति ४ सय ३४ किलोमिटर प्रतिघण्टा थियो । अमेरिकामै करिब १६ करोड रुपैयाँ पर्ने यो कारमा भएको ७ हजार सिसीको इन्जिनका कारण यसले १० सेकेन्डमै ३ सय किलोमिटरको गति लिन सक्छ । भेनमभन्दा पहिले सर्वाधिक तीव्र गतिको कार बुगाटी भेरोनलाई मानिन्छ, जसको गति ४ सय ३४ किलोमिटर प्रतिघण्टा छ । 

 

प्रकाशित :मंसिर १०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्