गायक सञ्जीव खरेलको माया सार्वजनिक

- साप्ताहिक संवाददाता

मंसिर १०, २०७४

 

अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्ने युवा गायक सञ्जीव खरेल आफ्नो सांगीतिक जीवनकै पहिलो म्युजिक भिडियो लिएर दर्शकमाझ आएका छन् । आफ्नै शब्द, संगीत तथा स्वरमा तयार पारिएको ‘मेरो माया...’ शीर्षकको गीतको म्युजिक भिडियोमार्फत गायक खरेल दर्शक तथा स्रोतामाझ आएका हुन् ।

गोपाल रसाइलीद्वारा संगीत, संगीत संयोजन तथा मिक्सिङ गरिएको उक्त गीतको म्युजिक भिडियोमा लोकप्रिय अभिनेता पल शाह तथा मोडल करिश्मा ढकालको जोडीले अभिनय गरेको छ । भिडियोमा पल र करिश्माको जोडी आकर्षक देखिएको छ । वियोगान्त रुपमा टुंगिएको एउटा प्रेम कथालाई चित्रण गरिएको उक्त म्युजिक भिडियोको निर्देशन लक्ष्मण पौड्यालले गरेका हुन् । नेपाल आइडलको निर्देशन गरेर चर्चामा आएका निर्देशक पौड्यालले यो भिडियोमार्फत आफ्नो निर्देशकिय क्षमता प्रमाणित गरेका छन् । गीतका शब्दले व्यक्त गरेका भावनालाई भिडियोका दृष्यहरुमार्फत व्यक्त गर्न निर्देशक पौड्याल सफल देखिएका छन् ।

भिडियोमा प्रस्तुत गरिएका आकर्षक लोकेशनलाई क्यामरामा कैद गर्ने काम छायांकार अर्जुन तिवारी तथा उनको समुहले लिएको छ । निशान घिमिरेले यो भिडियोलाई सम्पादन गरेका हुन् ।

मेरो मायाको म्युजिक भिडियो :

प्रकाशित :मंसिर १०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्