विश्वभर एकैसाथ कोको

- साप्ताहिक संवाददाता

मंसिर ८, २०७४-

निर्देशक : ली उनक्रिच

कलाकार : एन्थोनी गोञ्जालेज, गेल गर्सिया बर्नेल, बेञ्जामिन ब्राट, रेनी भिक्टर आदि । 

आज शुक्रबारदेखि विश्वभर एकैसाथ प्रदर्शन हुने थ्रिडी एनिमेटेड चलचित्र कोको म्युजिकल फेन्टासी चलचित्र हो । हलिउडको पिक्सर एनिमेसन स्टुडियोले निर्माण गरेको यो चलचित्रलाई वाल्ट डिज्ने पिक्चर्सले विश्वव्यापी रूपमा गर्दैछ । एक १२ वर्षीया बालक, जसको नाम मिगुल हुन्छ, ऊ नै चलचित्रको मुख्य पात्र हो । 

धेरै शताब्दी पुरानो जादुयी अवस्थालाई उजागर गर्दै मिगुलले एउटा हराएको परिवारको मिलन गराउन सफल हुञ्जेलसम्मको कथालाई एनिमेटेड कार्टुन पात्रहरूमार्फत पर्दामा उतारिएको छ । 

थ्रिडी प्रविधिमा नेपालमा समेत प्रदर्शन हुन लागेको चलचित्र कोकोको पृष्ठभूमि मेक्सिकोको गाउँ देखाइएको छ किनभने यो चलचित्रको कथावस्तु मेक्सिकन लेखक डिया डे म्युरटोसको एउटा कथाबाट प्रभावित छ । जादुयी संसार, फेन्टासी, एनिमेटेड चरित्रहरूका कारण चलचित्र कोको रमाइलो चलचित्र बनेको चर्चा भएको छ । 

प्रकाशित :मंसिर ८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्