घर–परिवार गुमाएका बालबालिको कथामा फुर्लुङ

- साप्ताहिक संवाददाता

मंसिर ८, २०७४-

निर्देशक : दिनेशजंग खड्का

कलाकार : अशोक शिवाकोटी, अनुष्का खड्का, ज्ञानेन्द्र कोइराला, जीवन थापा ।

साढे दुई वर्षअघि गएको भूकम्पपछि नेपाली समाजमा देखिएको विकरालस्थिति तथा घर–परिवार गुमाएका बालबालिकाहरूको दयनीय अवस्थालाई चित्रण गर्दै चलचित्र फुर्लुङ निर्माण गरिएको छ । सार्वजनिक प्रदर्शन प्रारम्भ भैसकेको यो छोटो चलचित्र सिन्धुपाल्चोकको दनुवार समुदायमा पुगेर छायांकन गरिएको हो । 

दनुवार समुदायको जीवनशैलीलाई समेत चित्रण गरिएको यो चलचित्रमा भूकम्पले उनीहरूको समुदायलाई पुर्‍याएको प्रभावलाई कारुणीक शैलीमा चित्रण गरिएको छ । केशव अधिकारीद्वारा छायांकन गरिएको यो चलचित्रका सम्पादक नविन निरौला हुन् । यसअघि चलचित्र सूटमा अभिनेताको रुपमा प्रस्तुत भैसकेका रंगकर्मी दिनेशजंग खड्काले चलचित्रको निर्देशनका साथै कथासमेत लेखेका हुन् । 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा समेत सहभागिता जनाउने यो चलचित्र काठमाडौंका विभिन्न विद्यालयहरूमा प्रदर्शन हुने क्रममा छ । 

प्रकाशित :मंसिर ८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्