दोहोरियो पुष्कल र शिल्पाको जोडी

- साप्ताहिक संवाददाता

मंसिर ७, २०७४-

पछिल्लो समय नेपाली रजतपटमा चलचित्र असफल हुँदा पनि कलाकारलाई भने खासै असर नपरेको देख्न सकिन्छ । यसको पछिल्लो उदाहरण हुन अभिनेता पुष्पल खड्का । धेरै म्यूजिक भिडियोमा काम गरेका यि अभिनेताले पहिलो पटक लिड रोलमा रहेर काम गरेको चलचित्र ‘दर्पण छायाँ–२’ले नेपाली रजतपटमा खासै कमाल गर्न सकेन । उनले सह–नायकका रुपमा काम गरेको चलचित्र ‘अझै पनि’ले पनि उनलाई खासै चर्चा दिएको होईन । 

तर, उनै अभिनेता पुष्कल चलेकी अभिनेत्री शिल्पा पोखरेलसँग फेरि अर्को पटक स्क्रिन शेयर गर्ने तरखरमा छन् । यि दुईले जोडीका रुपमा काम गरेको पहिलो चलचित्र ‘मंगलम’ नचल्दै यो जोडीको अर्को चलचित्र घोषणा भएको छ । 

निर्देशक नवल नेपालले निर्माण गर्ने लागेको नयाँ चलचित्रमा अभिनेत्री शिल्पा पोखरेल र पुष्पल खड्का अनुबन्धित भएका छन् । चलचित्रको नाम ‘मन्द मन्द’ राखिएको छ । छायांकनको तयारी गरिरहेको चलचित्रमा रुद्र खनाल र मिनु मल्लले लगानी रहेको छ ।

 

प्रकाशित :मंसिर ७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्