एकै मञ्चमा ३ उत्कृष्ठ अभिनेत्री

- साप्ताहिक संवाददाता

मंसिर ७, २०७४

 

प्रत्येक वर्ष समिक्षक समाजले वितरण गर्दै आएको ‘क्रिटिक्स अवार्ड’ बुधवार सम्पन्न भएको छ । विगत तिन वर्ष देखि रोकिएको अवार्ड बुधवार बत्तीसपुलती स्थित शिल्पी थिएटरमा एकै पटक बितिरण गरिएको हो । अवार्डमा निर्देशक निश्चल बस्नेत, दिपेन्द्र के खनाल, मीन बहादुर भामले उत्कृष्ठ निर्देशकको अवार्ड थाप्न सफल भए । सोही मञ्चमा अभिनेत्री प्रियंका कार्की, केकी अधिकारी र रिश्मा गुरुङले उत्कृष्ठ अभिनेत्रीको अवार्ड हात पार्न सफल भए । 

 अवार्ड पाउनेको सूची :- 

२०७३ का अवार्ड पाउँनेहरुको सूची

सर्वोत्कृष्ट फिल्म : कालोपोथी

सर्वोत्कृष्ट निर्देशक : दीपक रौनियार (सेतो सूर्य)

सर्वोत्कृष्ट पटकथा : मीन भाम, अविनाश विक्रम शाह (कालोपोथी)

सर्वोत्कृष्ट सम्पादन : डेभिड बार्कर (सेतो सूर्य)

सर्वोत्कृष्ट छायांकन : अजिज जाम्भाकिभ (कालोपोथी)

सर्वोत्कृष्ट अभिनेता : बिपिन कार्की (जात्रा) र माओत्से गुरुङ (पुरानो डुङ्गा)

सर्वोत्कृष्ट अभिनेत्री : केकी अधिकारी (लभ सासा)

२०७२ का अवार्ड विजेताको सूची

सर्वोत्कृष्ट फिल्म : पशुपति प्रसाद

सर्वोत्कृष्ट निर्देशक : दीपेन्द्र के. खनाल (पशुपतिप्रसाद)

सर्वोत्कृष्ट पटकथा : खगेन्द्र लामिछाने (पशुपतिप्रसाद)

सर्वोत्कृष्ट छायांकन : शैलेन्द्र डी कार्की (कबड्डी कबड्डी)

सर्वोत्कृष्ट सम्पादन : सुरेन्द्र पौडेल (क्लासिक)

सर्वोत्कृष्ट अभिनेता : सौगात मल्ल (फन्को)

सर्वोत्कृष्ट अभिनेत्री : रिस्मा गुरुङ (कबड्डी कबड्डी)

२०७१ का अवार्ड विजेता

फिल्म : कबड्डी

निर्देशक : निश्चल बस्नेत (टलकजंग भर्सेज टुल्के)

पटकथा : रामबाबु गुरुङ र उपेन्ऽ सुब्बा (कबड्डी)

अभिनेता : दयाहाङ राई (कबड्डी)

अभिनेत्री : प्रियंका कार्की (सुन्तली)

छायाङकन : ओन्ड्रा बेलिका (सुन्तली)

सम्पादन : बनिस शाह र मिलन श्रेष्ठ (तान्डव)

पाश्र्व संगीत : जेसन कुँवर (टलकजंग भर्सेज टुल्के)

प्रकाशित :मंसिर ७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्