अभिनयमा जम्दै विनोद

- साप्ताहिक संवाददाता

मंसिर ७, २०७४-

आठ वर्षअघि नै मिस्टर काठमाडौंमा प्रतिस्पर्धा गरेर मोडलिङमा सक्रिय विनोद न्यौपाने यतिबेला नेपाली चलचित्रका बिकाउ अनुहार भएका छन् । १ सयभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेका न्यौपानेको अभिनय यात्रा भने चलचित्र ‘त्यो दश घण्टा’ बाट प्रारम्भ भएको हो । 

चलचित्र कान्छी तथा कोहलपुर एक्सप्रेससम्म आइपुग्दा विनोदले अभिनय गरेका चलचित्रको संख्या आधा दर्जन नाघिसकेको छ । पहिलो चलचित्रमा नायकको भूमिकामा प्रस्तुत भएका बिनोद दोस्रो चलचित्र अप्रिल फूलमा खलनायकको भूमिकामा प्रस्तुत भए । तोरी लाउरेमा समेत अभिनय गरेका विनोद त्यसपछि यो पागल मन तथा कमलेको बिहेमा नायककै भूमिकामा प्रस्तुत भएका छन् । 

श्वेता खड्काको चलचित्र कान्छीमा खलनायक बनेका विनोद यतिबेला बिशाल भण्डारीको चलचित्र कोहलपुर एक्सप्रेसमा भने एकल अभिनेताका रूपमा गरिरहेका छन् । ‘म नायक अथवा खलनायक भन्दा पनि एउटा कुशल कलाकारका रूपमा स्थापित हुन चाहन्छु, ५ फिट १० इन्च अग्ला विनोद भन्छन्— ‘राम्रो कलाकार नायक अथवा खलनायक जे बने पनि फरक पर्दैन, उत्कृष्ट अभिनय गर्न सकियो भने दर्शकले हरेक भूमिकामा मन पराउँछन् ।’

 

प्रकाशित :मंसिर ७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्