मिस इन्टकन्टिनेन्टल वर्षा

- साप्ताहिक संवाददाता

मंसिर ६, २०७४- 

वर्षा शर्मा पहिलो संस्कणको मिस इन्टरकन्टिनेन्टल नेपाल २०१७ को विजेता बन्न सफल भएकी छिन् । विजेता भएसंगै उनले श्रीलंकामा संचालन हुने मिस इन्टरकन्टिनेन्टल २०१७ मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेकी छिन् ।

प्रतियोगितामा वर्षाले वेष्ट फिगर र फोटोजेनिक विधाको अवार्ड पनि आफ्नो नाममा सुरक्षित बनाउन सफल भइन् । प्रतियोगिताको फस्ट रनर अप भइन् श्रीताज पाण्डे भने अलिशा न्यौपाने सेकेन्ड रनर अप स्थानमा सफल रहिन् । अलिशाले हेयर र पर्सनालिटी विधाको अवार्ड पनि हात पार्न सफल भइन् ।

१८ जना प्रतिस्पर्धीको सहभागितामा दिपास इन्टरनेसनल प्रा.लि.को आयोजना अन्तर्गत पूर्व मिस नेपाल माल्भिका सुब्बाको कोरियोग्राफी रहेको यस प्रतियोगिताको अन्य विधामा कुसुम विष्ट स्कीन, सुश्मिता प्रियदर्शनी खतिवडा इन्टेलिजेन्ट र आयशा श्रेष्ठ कन्जिनियालिटी विधाका विजेता छनौट भएका थिए ।

स्वीकृति खड्का प्रतियोगितामा सर्वाधीक चार वटा विधाको अवार्ड आफ्नो पक्ष पार्न सफल भइन् । उनी ट्यालेन्ट, पब्लिक च्वाइस, वेष्ट वाक र वेष्ट ड्रेस विधामा विजेता छनौट भएकी थिइन् ।

प्रकाशित :मंसिर ६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्