फेरिए श्रृष्टीका प्रेमी

- साप्ताहिक संवाददाता

मंसिर ६, २०७४

 

चलचित्र क्षेमा प्रेम र प्रेमीका माम्लामा दिगो प्रेम कमैको मात्रै देख्न पाईन्छ । कला क्षेत्रका धेरै जोडी विवाह पछि पनि छुट्टिदै गएका थुप्रै उदाहरणको बीचमा प्रेममा पनि धेरै ट्रयाजिटी र पटक पटकको प्रेम देख्न सकिन्छ । पछिल्लो समय अभिनेता सौगात मल्लको प्रेममा रहेकी अभिनेत्री हुन्– श्रृष्टी श्रेष्ठ । यतिबेला उनका प्रेमी पनि फेरिएका छन् । तर, श्रृष्टीले रियल लाईफमा नभएर रिल लाइफका लागी अभिनेता आर्यन अधिकारीकी प्रेमीका बनेकी हुन् ।

निर्माता तथा निर्देशक सविर श्रेष्ठले चलचित्र ‘बाँध मायाले’का लागि आर्यन र श्रृष्टीको जोडी बाधिदिएका हुन् । लभस्टारी कथामा बन्ने उक्त चलचित्रमा आर्यन र श्रृष्टीले जोडीको भूमिकामा रहेर अभिनय गर्ने छन् । सुरुमा ‘सँग सँगै’ नाम सहित छायांकनमा जान लागेको यो चलचित्रको टाईटल परिवर्तन गरिएको हो । केहि कलाकार छनौटको चरणमा रहेको यो चलचित्र केहि समय पछि फ्लोरमा जाँदै छ । 

 

प्रकाशित :मंसिर ६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्