उत्साहित लक्ष्मी

- एजेन्सी

मंसिर ६, २०७४-

वास्तविक नाम लक्ष्मी राय भए पनि दक्षिण भारतीय चलचित्रकी यी सफल अभिनेत्री राय लक्ष्मीको नामले चिनिन्छिन् । एक दशकअघिदेखि नै अभिनयमा सक्रिय लक्ष्मीले दक्षिण भारतका दर्जनौं चलचित्रमा काम गरिसकेकी छिन् ।

अहिले आएर उनी बलिउडमा पदापर्णका लागि तयार छिन् । लक्ष्मीद्वारा अभिनित पहिलो हिन्दी चलचित्र जूली–२  शुक्रबार सार्वजनिक भएको छ । पहलाज निहलानीको यो चलचित्र अघिल्लो महिना नै प्रदर्शन हुने कुरा थियो ।

यद्यपि निर्माता एनआर पचिसियाले मुम्बई उच्च न्यायालयमा जुली–२ का अर्का निर्माता निहलानी तथा निर्देशक दीपक शिवदासानीविरुद्ध मुद्दा दर्ता गरेपछि यसको प्रदर्शन मिति अनिश्चित भएको थियो । अहिले ती दुवै निर्माताबीच सहमति भैसकेको छ । चलचित्र प्रदर्शन हुने भएपछि अभिनेत्री लक्ष्मीले यो खबरबाट आफू अत्यन्त खुसी भएको प्रतिक्रिया दिएकी छिन् । 

 

प्रकाशित :मंसिर ६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्