अविशा भइन् ‘पाँचौ मिस लिम्बू’

- साप्ताहिक संवाददाता

मंसिर ५, २०७४-

‘मिस लिम्बू–२०१७’ को ताज अविशा फुदोङ लिम्बूले पहिरिएकी छिन् । आफ्ना १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै अविशा पाँचौं मिस लिम्बू बन्न सफल भएकी हुन् । अविशालाई गत वर्षकी मिस लिम्बू सानु नेम्बाङले ताज पहिराएदिएकी थिइन् । महिला आरक्षणको पक्षमा कि विपक्षमा हुनुहुन्छ र किन ? भन्ने निर्णायकको प्रश्नमा उत्कृष्ट जवाफ दिएर ‘मिस लिम्बू’ बन्न सफल भएकी अविशाले ताजसँगै नगद १ लाख प्राप्त गरेकी छन् ।

याक्थुङ युथ एशोशिएसनद्वारा सोमबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा पूर्वकुलपति तथा बरिष्ठ कवि बैरागी काँइलाको प्रमुख आतिथ्यमा आयोजित प्रतियोगितामा सन्ध्या तुमबाहाम्फे र सवनम साँवा लिम्बू क्रमश फस्ट रनरअप र सेकेन्ड रनरअप भए । उनीहरुले पनि क्रमश ताजसहित नगद ५० हजार र २५ हजार तथा विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।

‘मिस लिम्बू’ को विशेष टाइटल उपाधि मानिएको ‘मिस युमा कल्चर’को उपाधि भने मेनुका साउदेनले पाइन् । उनले पनि नगद ५० हजार प्राप्त गरिन् । कला सुब्बाको कोरियोग्राफीमा सम्पन्न प्रतियोगिताको फाइनलका लागि प्रेम एक्तेन, पूर्वमिस नेपाल उषा खड्गी, समाजसेवी पवित्रा लिम्बू, फेसन पत्रकार तथा मोडल जयन सुब्बा मानन्धर र पत्रकार कृष्ण भट्टराई निर्णायक थिए । प्रतियोगीतामा विभिन्न सब टाइनटल पनि प्रदान गरिएको थियो ।

सञ्चारकर्मी तथा समाजसेवी याङ्जोम शेर्पाको संयोजत्वमा आयोजित कार्यक्रममा तेह्रथुमे ढाका बुटिकले तयार पारेको पहिरनमा एक दर्जन मोडल र्‍याम्पमा प्रस्तुत भएका थिए भने उपस्थित दर्शकलाई गायक डम्बर नेपाली, गायिका जशोदा सुब्बालगायतका कलाकारले मनोरञजन प्रदान गरेका थिए । कार्यक्रमको ब्राण्ड स्पोन्स सिंगापुर इन्टरप्राइजेजले गरेको थियो ।  

 

प्रकाशित :मंसिर ५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्