नगमाको आग्रह

- साप्ताहिक संवाददाता

मंसिर ५, २०७४-

नेपाललाई प्रतिनिधित्व गर्दै पहिलो पटक मिस युनिभर्समा पुगेकी नगमा श्रेष्ठले भोटका लागि सबैसँग आग्रह गरेकी छिन् । लास भेगासमा रहेकी नगमाले त्यहाँ रजिस्ट्रेसन गरेर आफुलाई विभिन्न राउण्डको लागि तयार गरिरहेकी छिन । 

पहिलोपटक मिस युनिभर्समा पुगेकी नगमाले आफ्नो मेहनतलाई सफल पार्न भोट निकै आवश्यक रहेको बताएकी छिन । २० नोभेम्बरबाट सुरु भएको भोट एउटा जिमेल एकाउटबाट दिनमा १० पटक सम्म गर्न मिल्ने सुविधा छ । साथै उनलाई ट्वीटर मार्फत पनि भोट गर्न पाइने छ ।

त्यसको लागि #missuniverse#Nepal ह्यासट्याग गर्नु पर्छ र यसको री ट्वीट काउन्ट हुनेछ । नगमाले नोभेम्बर २६ मा हुने फिनालेमा नेपालको सस्कृति झल्किने भेष भुषामा आफुलाई प्रस्तुत गर्नेछिन् । 

यो लिंक मार्फत भोट गर्न सकिनेछ - https://missuniverse.votenow.tv

 

प्रकाशित :मंसिर ५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्