तुरुपको एक्का

- साप्ताहिक संवाददाता

मंसिर ५, २०७४-

अभिनेता आर्यन सिग्देलको छटपटी बढ्दो छ । आफूले अभिनय गरेका चलचित्रहरू एकपछि अर्को गर्दै असफल हुँदै गएपछि उनी यतिबेला एउटा सफल चलचित्रको खोजिमा छन् ।

रेखा थापासँग अभिनय गरेको पछिल्लो चलचित्र रुद्रप्रिया समेत असफल भएपछि आर्यनलाई उत्कृष्ट चलचित्र अनिवार्यझैं भएको छ । त्यसका लागि आर्यनले यसपटक आफ्नै ब्यानरबाट नयाँ चलचित्र निर्माण गर्ने घोषणा गरेका छन् । कायरा शीर्षक राखिएको उक्त चलचित्रमा आफ्नो जोडीका रूपमा आर्यनले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई अनुबन्ध गरेका छन् ।

चलचित्रवृत्तमा यतिबेला आर्यनले साम्राज्ञीलाई तुरुपको एक्काका रूपमा प्रयोग गर्न लागेको गाइँगुइँ छ । लक्ष्मण रिजालले निर्देशन गर्ने उक्त चलचित्रमा आर्यन र साम्राज्ञी रोमान्टिक जोडीका रूपमा प्रस्तुत हुने निश्चित छ । यद्यपि दर्शकले उनीहरूको जोडिलाई कत्तिको साथ दिने हुन् भविष्यले नै बताउनेछ । 

 

प्रकाशित :मंसिर ५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्