भोलि मिस इन्टरकन्टिनेन्टल नेपालको फाइनल

- साप्ताहिक संवाददाता

मंसिर ४, २०७४-डिपास इन्टरनेसनलको आयोजनामा ‘मिस इन्टरकन्टिनेन्टल नेपाल’ को फाइनल मंगलरबार अन्नपूर्ण होटेलमा हुँदैछ । 

नेपालका विभिन्न क्षेत्रबाट १८ जना युवतीको यो प्रतियोगितामा सहभागिता छ । विजेतालाई पहिलो पटक नेपालको प्रतिनिधित्व गराउदैं यही मंसिर महिनामा श्रीलंकाको कोलम्बोमा हुने मिस इन्टरकन्टिनेन्टलमा सहभागि गराईने छ ।

प्रतियोगीहरुलाई पूर्व मिस इन्टरनेसनल शुभेक्षा खड्का, पूर्व मिस अर्थ दिव्यता वैद्य, बैंकर अनिल शाह, तेस्रो लिंगी समुदायका अगुवा भूमिका श्रेष्ठ आदिले प्रशिक्षण दिएका थिए ।

सन् १९७१ बाट सुरु भएको यो प्रतियोगिता यसपालि ४६ औं संस्करणमा प्रवेश गरेको छ । यस प्रतियोगिताको पहिलो अडिसन काठमाडौंमा सम्पन्न भएको थियो । यसको मुख्यालय भने पानामा सिटीमा छ, यसलाई नेपालमा आधिकारिक रुपमा डिपास इन्टरनेसनलले ल्याएको हो । 

प्रकाशित :मंसिर ४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्