धनगढीमा विवशले लुटे मान्छेका मन

- साप्ताहिक संवाददाता

मंसिर ४, २०७४

 

धनगढीमा कवि हेमन्त विवशको एकल कविता वाचन सम्पन्न भएको छ । शनिबार सम्पन्न उक्त कार्यक्रममा उनले छन्द र गद्यका करिव दुई दर्जन कविता सुनाए । भगवानको खोजी गर्दै कविता वाचनमा उत्रिएका विवशले कविताबाटै धेरै साहित्य प्रेमीको मन लुट्न सफल भए । उनले कार्यक्रममा छन्द र डेउडा गीत पनि गाएर सुनाएका थिए । 

रचना वाचन समूहको प्रस्तुतिमा रोट्रयाक्ट क्लब अफ धनगढी, नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी र सुदूरपश्चिमाञ्चल गजल मञ्चको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रमलाई रैका ट्राभल्स, रुबस होटल लगायत संस्थाले सहयोग गरेको थियो । कार्यक्रममा त्यहाँका कविता प्रेमी स्रोताहरु सय रुपैयाँको टिकट काटेर कविता सुन्न पुगेका थिए । कार्यक्रममा गायक शिशिर साधकको समूहले विवशका केही गीत समेत गाएका थिय । 

कार्यक्रममा कविहरु पदमराज जोशी, टोपेन्द्र शाह रसिक, अभि अजनवी र जनक रसिकले कवि विवशको कवितामाथि प्रकाश पारेका थिए । कवितामा मानवीय पीडाका गहिराईभित्र आस्था अड्याउने ठाउा खोज्दै हिाडेका विवशका सृजनामा आञ्चलिक स्वाद पाइन्छ । विवश साास्कृतिक अध्येता पनि हुन् । उनले सुदूरपश्चिमेली संस्कृतिको विषयमा विभिन्न पत्रपत्रिकामा आलेखहरु पनि लेख्दै आएका छन् ।   

विवशका ‘विवशका स्रमाई, असौजको जून र यादै जनमभरि’ गरी तीन वटा गीति एल्बम, आफ्नै मनसँग र सैपालको आँगन कवितासाग्रह तथा कथा एउटै तिम्रो मेरो प्रकाशित छन् । यसअघि अलिमियाँ लोक वाङमय प्रतिष्ठानको आयोजनामा असोज ५ गते विवश पोखरामा एकल रुपमा प्रस्तुत भएका थिए ।

 

 

 

प्रकाशित :मंसिर ४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्