सर्वाधिक अग्लो स्थानमा विवाह

- साप्ताहिक संवाददाता

मंसिर ४, २०७४-

नेपाली पर्वतारोही पेम दोर्जे शेर्पा तथा मोनी मुलेपातीले सर्वोच्च शिखर सगरमाथामा विवाह सम्पन्न गरे । सन् २००५ मे ३० तारिखमा सगरमाथाको सफल आरोहण गर्ने क्रममै उनीहरूले चुचुरोमा बिहान १० बजेर ४० मिनेट जाँदा विवाह सम्पन्न गरेका थिए ।

यो सफलताले मोनीलाई सगरमाथाको सफल आरोहण गर्ने पहिलो नेवार महिला बनाउनुका साथै मोनी र पेम दोर्जेलाई सर्वाधिक अग्लो स्थानमा विवाह गर्ने जोडीसमेत बनाएको थियो ।

 

प्रकाशित :मंसिर ४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्