यौनबिना जीवन चल्दैन

- साप्ताहिक संवाददाता

मंसिर ४, २०७४-

 

osho (acharya rajnish)@TDayalu

मानिस यौनबिना जीवन बिताउन सक्दैन, किनभने विवाह गरेर आफ्नो घर–परिवार चलाउने तथा वंशलाई निरन्तरता दिने कुरा एउटा हो, तर घुमाउरो लक्ष्य यौनसम्पर्क नै हो । 

Bibek Khanal@bibek_ck

उनलाई अरूसँग विवाह गर्नु थियो र त भनिन्– पाउनु मात्र होइन, गुमाउनु नि माया हो । 

रमित बिक@jijhasu

डिभोर्स भन्ने चिज त्यस्ता व्यक्तिहरूको हुन्छ, जसले विवाह गर्दा एक–अर्काको व्यक्तित्व र चरित्रभन्दा पनि रूप र धनलाई प्राथमिकता दिन्छन् । 

प्रतिमा@ParajuliPratima

जन्म, विवाह र मृत्यु हाम्रो वसमा हुन्न रे । जे होला, राम्रै होला, कुनै आपत्ति छैन । 

परिवर्तन@Paribarthan

तपाईं कुनै महिलासँग विवाह बन्धनमा बाँधिनुभएको छ भने त्यो प्रेम होइन । त्यहाँ तपाईंको स्वतन्त्रता कुण्ठित भएको हुन्छ भन्ने कुरा पनि सुनियो । 

नायक@vkamred

विवाह भनेकै बहादुरहरूले गर्ने काम हो । यही हिम्मतका साथ कि उसले मलाई छोड्यो भने पनि मैले उसलाई छोड्ने छैन । यस्तो हिम्मत छैन भने बिहे नगर्नुस् । 

मुखेनी@kiraticheli

विश्वास थोरैलाई गरिन्छ, माया र विवाह सिर्फ एकलाई भने धोका कसैसँग गर्न नपरोस् । 

राजन@Rajanpjl

२० वर्षअघि : बाबुआमा चाहन्थे राम्रो केटासँग विवाह होस् । अहिले : बाबुआमा चाहन्छन् राम्री केटीसँग विवाह होस् । धेरै प्रगति गरेछन् केटीहरूले ।

दीपक नेपाल@deepaknepal2046

मान्छे उही हुने तर थर परिवर्तन । विवाहपछि चेलीको घर परिवर्तन । कस्तो चलन बनाएको निष्ठुरी दैवले । रात उही छ केवल प्रहर परिवर्तन । 

कृष्ण@krishnagaire29

जवानीमा सही उमेर हेरेर विवाह गर्नुपर्छ भनेर विवाह सम्पन्न गरिन्छ अनि तुरुन्तै पासपोर्ट बनाएर विदेश भाग्नुपर्छ, एक यता एक उता तड्पिन सुरु भन्दैछन् साइँला । 

Nita Ghimire@GhimireNeetu2

पुरुष विवाह नगरी लाइफ बिताउन चाहन्छ, त्यो चासोको विषय बन्दैन, तर जब एउटी महिलाले समयमा बिहे गर्दिन, तब पूरै समाजलाई उसले जवाफ दिनुपर्छ । 

अंकला@ghimire_akaraj

चेलो– गुरुजी, प्रेम के हो ? 

गुरुजी– समर्पण । 

चेलो– अनि...विवाह ? 

गुरुजी– आत्म समर्पण । 

सुबिर्यरल नेपाल@Anishwor3

कति चोटि एक रुपैयाँ नपाएर रोएँ, कति चोटि एक रुपैयाँ पाएर रोएँ । अनि आमाले सँगै मामा घर नलगेर रोए । हुँदाहुँदै आफ्नी गर्लफ्रेन्डले अर्कैसँग विवाह गरेकाले रोएँ... कुरो । 

Naba Raj Gautam@Sabk0

नेपालमा समलिंगी विवाह त उहिलेदेखि चलेको रै’छ नि हेर्नुस्— तुलसी विवाह । 

अविवाहित माइलाश्री@Shreebhattarai0

विवाहपछि बुढीको नाम पूर्वप्रेमिकाकै राख्ने निर्णय गरें । 

दीपक@deepuvai

प्रेम बसको यात्राजस्तै हो, विवाह प्लेनको यात्राजस्तै हो, किनभने अल्छी लाग्यो भने बसबाट ओर्लन मिल्छ, प्लेनबाट मिल्दैन ।

Bijaya Subedi@bijaya_sbd

विवाह गराउने पण्डित साइकलमा अनि सम्बन्ध–विच्छेद गराउने वकिल कारमा आउँछन्, त्यसैले यहाँ जोड्नेहरू होइनन्, तोड्नेहरू मजबुत छन् । 

दारिवाला अबि@Abi_sharma36

नयाँ–नयाँ विवाह थियो, केटो भन्दै थियो : हनिमुन कहाँ जाने, स्विट्जरल्यान्ड कि सिंगापुर ? बेहुली : जहाँ लगे नि लानु, जहाँ गए नि रातभरि कष्ट मलाई नै हो । 

Surya Rai@suryara50387652

आफ्नो पेट पाल्नलाई त मुस्किल हुन्छ, कता विवाह गर्ने कुरा गरेको ? विवाहपछि त धेरै वटा पेट पाल्नुपर्ने हुन्छ । 

विजया@BijayaNyaupane

दर्तावाला विवाह त टुट्ने यो दुनियाँमा कसममा अडिएको हाम्रो प्रेम धेरै दिन किन पो टिक्थ्यो र ?

बत्तीमुनिको अँध्यारो@DipendraMalla17

विवाह र प्रेम दुवै सम्बन्ध भए पनि फरक कुरा हुन् । 

अपरिचित केटो]@Yubraj_Koirala

फोटो एल्बम पल्टाउँदै बा : यी हेर छोरा, हाम्रो बिहेको फोटो । छोरा : आब्बुई बाल विवाह ।

प्रकाशित :मंसिर ४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्