सोनिकाको हट् अवतार

- साप्ताहिक संवाददाता

मंसिर ४, २०७४- 

‘वाउ नेपाल’ युट्युब च्यानलमा कार्यक्रम प्रस्तोताका रुपमा परिचित सोनिका रोकाया एउटा म्युजिक भिडियोमा हट अवतारमा देखिएकी छिन् । ‘चाहने’ बोलको भिडियोमा उनी पहिलो पटक मोडलका रुपमा उदाएकी हुन् । 

अपलोड भएको केही दिनमै यो भिडियोले चर्चा बटुलिरहेको छ । यो भिडियोमा सोनिकासँगै एलिजा श्रेष्ठ, पि डलर एम र आरजे एसआईको अभिनय रहेको छ । 

अमेरिकादेखी नै भिडियोको छायांकन गर्न आएका आरजे एसआईको यसमा शब्द, कम्पोज तथा स्वर रहेको छ । डेन्निस बिट्सको संगीतमा बनेको यस भिडियोमा पि डलर एमले र्‍याप दिएका छन् । 

भिडियो लिंक  

प्रकाशित :मंसिर ४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्