निर्भीक श्वेता

- साप्ताहिक संवाददाता

मंसिर ३, २०७४

निर्मात्री तथा अभिनेत्री श्वेता खड्का यतिबेला तनाबमा छिन् । चलचित्र कान्छीको शुभमुहूर्तकै दिन माघ २६ गतेलाई आफ्नो चलचित्रको प्रदर्शन मिति तोकिसकेकी श्वेता उक्त मितिमा चलचित्र कृसमेत प्रदर्शन हुने कुराले चिन्तित छिन् ।

आइतबार दिउँसो राइजिङ मलस्थित आफ्नै कफिसपमा साप्ताहिकसँग दु:खेसो पोख्दै श्वेताले भनिन्– ‘उहाँ (श्रीकृष्ण श्रेष्ठ) लाई पनि चलचित्र प्रदर्शन हुने क्रममा अनेक प्रकारका दबाब तथा धम्की आउँथे, अहिले मैले त्यही नियति भोगिरहेकी छु ।’ श्वेताका अनुसार एकल महिला भएकैले उनलाई अनावश्यक दबाब दिन थालिएको छ ।

‘मलाई दिन–रात चलचित्रको प्रदर्शन मिति परिवर्तन गर्न दबाब आइरहेको छ, श्वेताले भनिन्– ‘यद्यपि म आफ्नो अडानमा कायम छु ।’ माघ २६ गतेको साता शिवरात्री, भ्यालेन्टाइन्स डे आदि चाडपर्व पर्ने भएकाले कान्छीसँगै कृ पनि प्रदर्शन हुन अग्रसर भएको हो । त्यसो त यसअघि दुई–तीन पटक प्रदर्शन मिति परितर्वन गरिसकेको कृ उक्त मितिमा प्रदर्शन हुन्छ भन्ने कुनै ग्यारेन्टी नभएको जानकारहरू बताउँछन् । 

 

प्रकाशित :मंसिर ३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्