दुई करोडका ऋतिक

- एजेन्सी

मंसिर ३, २०७४-

अभिनेता ऋतिक रोशनको लोकप्रियता कस्तो छ भन्ने कुरा थाहा पाउन ट्विटरमा उनका फलोअरको संख्या हेरे पुग्छ । ट्विटरमा उनलाई दुई करोडभन्दा बढीले फलो गरेका छन् । ऋतिकले यो आँकडा पूरा भएकोमा आफ्ना फलोअरहरूलाई धन्यवादसमेत दिएका छन् र प्रशंसकहरूको प्रेमप्रति सम्मान दर्साएका छन् ।

ऋतिकले टुइटरमा एउटा भिडियो पोस्ट गर्दै भनेका छन्– ‘सामाजिक सञ्जालमा मेरो परिवार बढिरहेको छ र यो विशेष अवसरमा म आफ्ना प्रत्येक प्रशंसकलाई धन्यवाद दिन चाहन्छु ।’ ऋतिकको यो भिडियोले पनि प्रशस्त लाइक तथा कमेन्ट पाएको छ ।

ऋतिक यतिबेला चलचित्र सुपर–३० मा व्यस्त छन्, जुन आनन्द कुमारको बायोपिक हो । ऋतिकले पहिलो पटक कुनै पनि व्यक्तित्वको जीवनमा आधारित चलचित्रमा अभिनय गरेका हुन् । 

 

प्रकाशित :मंसिर ३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्