इकुको गलबन्धि

- साप्ताहिक संवाददाता

मंसिर ३, २०७४-

‘ईकु’का नामले कला क्षेत्रमा चर्चामा रहेको सुलेमान शंकरको प्रस्तुतीमा निर्माण भएको चलचित्र ‘फिर्के’को पहिलो गीत सार्वजनिक भएको छ । ‘चट्टै’ बोलको सार्वजनिक गीतमा रामचन्द्र काफ्ले र अञ्जु पन्तको स्वर समावेश गरिएको छ । सुबाष भुषालको संगीत तथा लेखु सहयात्रीका शब्दको गीत सार्वजनिक भएको हो ।

कबिराज गहतराजको कोरियोग्राफी रहेको सार्वजनिक गीतमा चलचित्रका कलाकार ‘ईकु’ र नव–नायिका क्रिष्टिना पौडेललाई फिचरिङ् गरिएको छ । 

पौष १४ गते रिलीज हुने ‘फिर्के’मा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्र रवि डंगोलले निर्देशन गरेका छन् । 

 

प्रकाशित :मंसिर ३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्